Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सरकारमा जान आफू लालायित नभएको काँग्रेस सभापति देउवाको भनाइ 

सरकारमा जान आफू लालायित नभएको काँग्रेस सभापति देउवाको भनाइ 

images

इच्छाकामना न्युज

२२, फाल्गुण २०७७
सरकारमा जान आफू लालायित नभएको काँग्रेस सभापति देउवाको भनाइ 
images

काठमाण्डौ, २२ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा जान आफू लालायित नभएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित विपी कोइराला सामुदायिक अस्पतालको १३ औं साधारणसभामा उहाँले केही राजनीतिक कुरा उठिहालेको खण्डमा नबोली नभएका कारण मात्रै आफु सरकारमा जाने कुरा चर्चामा आएको बताउनुभयो । ‘सरकार असफल हुँदा उसैको टाउकोमा आउँछ, पहिलो कुरा मैले हुँदैन भनेको छु’ –सभापति देउवाले भन्नुभयो ।

तर देउवा प्रधानमन्त्री हुन्छ कि भनेर वरिष्ठ नेता रामचन्द्र पौडेललाई चिन्ता हुन थालेको उहाँको भनाइ छ । देउवाअघि बोल्नुभएको पौडेलले काँग्रेस सरकारमा जान नहुने भन्दै प्रतिपक्षीको हैसियत बिर्सन नहुने बताउनुभएको थियो । फरक प्रशंगमा सभापति देउवाले अब पार्टीको महाधिवेशन एक दिन पनि नसर्ने बताउनुभयो  । तर पार्टीमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उहाँको भनाइ छ ।

यस्तै उहाँले पार्टीको अधिवेशनपछि नेविसंघको पनि अधिवेशन गरिने बताउनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - १७:५१:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology