Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा आफू रहेको प्रचण्डको भनाइ 

विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा आफू रहेको प्रचण्डको भनाइ 

इच्छाकामना न्युज

२२, फाल्गुण २०७७
विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा आफू रहेको प्रचण्डको भनाइ 

काठमाण्डौ, २२ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा आफू रहेको बताउनुभएको छ । आज कोटेश्वर पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विप्लव अन्तत्वगत्वा आफुले  कोरेको गोरेटोमा आइपुगेको भन्दै खुसी व्यक्त गर्नुभयो । अब छिटै औपचारिक कार्यक्रम गरेर विप्लवलाइ स्वागत गर्न चाहेको प्रचण्डको भनाइ थियो ।

images

यस्तै उहाँले विप्लव आफ्नो टिममा आउनुपर्ने पनि बताउनुभयो  । विप्लवले अर्को प्रचण्ड बन्ने प्रयास गरेपनि असफल भएको उहाँको भनाइ थियो । आफू र माधव नेपालले नेतृत्व गरेको पार्टी नै मुल पार्टी भनेर सावित भइसकेको उहाँको भनाइ छ । 

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - १७:४७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology