कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारमा अत्याधुनिक भान्सा र डाइनिङ हल निर्माण हुने भएको छ ।इच्छाकामना गाउँपालिका वडा नम्बर ४का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती र लायन्सहरुले एक कार्यक्रमकाबिच संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
लायन्स इन्टरनेशनल र इच्छाकामना गाउँपालिकाको संयुक्त लगानीमा निर्माण हुने भएको हो ।भान्सा र डाइनिङ हलसगैँ हलमा आवश्यक पर्ने फर्निचर, सौचालय निर्माण र खानेपानीको व्यवस्थामा रहने छ ।
लायन्स इन्टरनेशनलको एक करोड ६७ लाख ५५ हजार ९६७ रुपैयाँ र इच्छाकामना गाउँपालिकाको लगभग ५५ लाख रुपैयाँमा निर्माण कार्य सम्पन्न गरिने विद्यालयका प्रधानाध्यापक जोहन खरेलले बताउनुभयो ।विद्यालयको भान्सा र डाइनिङ हल निर्माण कार्यले विद्यार्थीहरूको भोजन र पोषण सम्बन्धी सुविधा सुधारका साथै स्वास्थ्य र शैक्षिक सुधारमा टेवा पु-याउने अपेक्षा राखिएको प्रधानाध्यापक खरेलको भनाई छ । यो निर्माणसगैँ एक हजार विद्यार्थीहरुका लागि खाजा व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो ।
लायन्स इन्टरनेशनलका सुधिर शर्माको अध्यक्षता तथा वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास समारोहमा लायन्स सुमन भट्ट,कमल कायस्थ, प्रशान्त मानन्धर,योरजङ्ग कार्की,भरत सिलवाल, उमेश अधिकारी,समिरराज शाक्य,निमेश उल्लक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलराम सिलवाल,अभिभावक संघका अध्यक्ष रेशम बहादुर सिलवाल,सदस्यहरु कुल बहादुर चेपाङ, राजकुमार त्रिपाठी, पूर्व सदस्य रामनाथ त्रिपाठी, शिक्षक र अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सिलवाल, प्रधानाध्यापक जोहन खरेल,लायन्स कमल कायस्थ र सुमन भट्टले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम शिक्षक सुजन सापकोटाले संचालन गर्नुभएको थियो ।