काठमाडौं । इजरायलमा हमासको आक्रमणपछि कब्जामा परेका कञ्चनपुरका विपिन जोशीको शव आज दिउँसो साढे २ बजे फ्लाई दुबईमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दैछ ।
विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीले श्रद्धाञ्जली दिनेछिन् । श्रद्धाञ्जलीपछि शव नेपाली सेनाको विमानमार्फत धनगढी र एयर एम्बुलेन्सबाट महेन्द्रनगर लैजाने तयारी छ ।
गत वर्षको ७ अक्टोबर २०२३ मा भएको हमासको आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका थिए, जसमा जोशी पनि थिए ।