Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको कोरानाविरुद्धको खोप

इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको कोरानाविरुद्धको खोप

एजेन्सी

२१, फाल्गुण २०७७
इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको कोरानाविरुद्धको खोप

इटली सरकारले कोरोनाभाइरसविरुद्धको अक्सफोर्ड आस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोक लगाएको छ । यो निर्णयले इटलीस्थित आस्ट्राजेनेकाको कम्पनीमा निर्मित २ लाख ५० हजार खोप पठाइने योजना प्रभावित बनेको छ।

images

युरोपेली सङ्घ (ईयू) को नयाँ नियम प्रयोग गर्दै यस्तो कदम चाल्ने इटली पहिलो युरोपेली देश बनेको छ। सो नियममा यदि कम्पनीले ईयूलाई दिने वाचा गरेअनुसारको खोप उपलब्ध गराउन नसके उसका उत्पादन निर्यात गर्न रोक्न सकिने प्रावधान छ। अस्ट्रेलियाले भने खोपको एउटा खेप आफूले नपाउँदैमा खोप अभियान प्रभावित नहुने प्रतिक्रिया दिएको छ।

इटलीको यो कदममा युरोपेली आयोगको साथ रहेको समाचारहरूमा जनाइएको छ। आस्ट्राजेनेका यो वर्षको पहिलो तीन महिनामा दिने भनि सम्झौता भएको ४० प्रतिशत खोप सदस्य राष्ट्रहरूलाई उपलब्ध गराउने चरणमा छ।

उसले उत्पादनमा आएको समस्यालाई ढिलाइको कारण बताएको छ। जनवरी महिनामा इटलीका तत्कालीन प्रधानमन्त्रीले आस्ट्राजेनेका र फाइजर दुवैले खोप आपूर्तिमा गरेको ढिलाइ अस्वीकार्य भएको बताउँदै कम्पनीहरूमाथि करार उल्लङ्घन गरेको आरोप लगाएका थिए।

खोप अभियानको सुस्त गतिलाई लिएर ईयूको व्यापक आलोचना भइरहेको छ। गत वर्षको जुन महिनामा स्थापित ईयू खोप योजनाअन्तर्गत उसले सदस्य राष्ट्रहरूका तर्फबाट खोप खरिद गर्ने सम्झौता गरेको थियो।

इटलीको यो कदमबारे ईयू र आस्ट्राजेनेकाको तर्फबाट कुनै औपचारिक प्रतिक्रिया नआएको बिबिसीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - ०८:३१:३६ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology