Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

युएईले नेपालीलाई आकस्मिक भिजिट भिसा रोक्यो

युएईले नेपालीलाई आकस्मिक भिजिट भिसा रोक्यो

images

इच्छाकामना न्युज

३१, भाद्र २०८२
युएईले नेपालीलाई आकस्मिक भिजिट भिसा रोक्यो
images

काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकलाई भिजिट भिसा दिन रोक लगाएको छ । पछिल्लो केहिदिनयता भिजिट भिसा दिन रोक लगाएको हो ।

यूएईस्थित नेपाली राजदूतावासले औपचारिक रोक लगाएको विषयमा जानकारी नआएपछि अनौपचारिक रूपमा रोकिएको जानकारी आएको जनाएको छ । युएईले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन । तर भिसा सेवा प्रदान गर्ने प्रदायक संस्थाहरूले दिइएको आवेदन लिन छाडेको छ ।

भदौ २४ गतेको प्रदर्शनमा तोडफोड,आगजनी र लुटपाट गर्नेमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने र जेलबाट फरार भएको खबर सार्वजनिक भएपछि युएईले भिजिट भिसाको निवेदन लिन छाडेको हो । नेपालबाट सबैभन्दा बढी भिजिट भिसा लिई जाने देश युएई हो ।

युएईको लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा बन्द गरेको सूचना औपचारिक रूपमा आई नसकेको बताए । ‘भिसा बन्द गरेको सूचना नेपालीबाट पाएका छौँ । तर, औपचारिक रूपमा आइसकेको छैन । हामी यसबारे सोधखोज गर्नेछौँ,’ उनले भने ।

पछिल्लो समयमा भिजिट भिसा लिई रोजगारी खोज्न जाने नेपालीको सङ्ख्या निकै छ । युएईमा भिजिट भिसामार्फत रोजगारी भिसामा परिवर्तन गर्ने नेपालीको सङ्ख्या तीन लाख रहेको नेपाली दूतावासले जनाएको छ ।

  •  

images
प्रकाशित मिति :भाद्र ३१, २०८२ मंगलवार - ११:४५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology