Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रचण्ड नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगे 

प्रचण्ड नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगे 

इच्छाकामना न्युज

२०, फाल्गुण २०७७
प्रचण्ड नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगे 

काठमाण्डौ, २० फागुन । नेकपाको प्रचण्ड नेपाल समूहका नेताहरुले आधिकारिकता विवाद छिटो टुङ्ग्याउन निर्वाचन आयोगलाई ध्यानकर्षण गराएका छन् । पार्टीको आधिकारिकता दिन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको भूमिकाप्रति आपत्ति जनाएको प्रचण्ड नेपाल समूहका नेताहरु आयोग पुगेरै ध्यानकर्षण गराएका हुन् ।

images

हिजो बसेको यो समूहको केन्द्रीय कमिटी बैठकले आयोगको पुनः ध्यानाकर्षण र ताकेता गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलगायत नेता आयोग पुगेको समूहका कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । हिजोको बैठकमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र समेत संकलन गरिएको थियो ।

बैठकले आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै राज्यको कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यता बमोजिम तत्काल निष्पक्ष एवम् न्यायसङ्गत निर्णय गर्नपर्ने ठहर गरेको थियो । प्रचण्ड नेपाल समूहले गत माघ २० मा राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ को प्रक्रियाअनुसार आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको छ । तर आयोगले उक्त निवेदनमाथि के गर्ने भन्ने निर्णय गरेको छैन ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - २०:१८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology