Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध

सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध

इच्छाकामना न्युज

२४, भाद्र २०८२
सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध

काठमाडौँ । नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ ।

images

सेनाले आज एक अनुरोध जारी गर्दै यस विषयम परिस्थितिमा देशको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पतिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको जनाएको छ ।

सेनाले भनेको छ, “नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जीउधनको रक्षा गर्न प्रतिबद्ध रहीआएको छ ।”

सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जीउधनको सुरक्षाका लागि नेपाली सेना प्रतिबद्ध रही आएको उल्लेख गरेको छ ।

नेपालमा हाल भइरहेको जेन्जी आन्दोलनका विकसित घटनाक्रमबारे विश्लेषण गरिरहेको जनाउँदै सेनाले यस आन्दोलनका क्रममा हुन पुगेको जनधनको अपुरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गरेको छ ।

साथै शोक सन्तप्त परिवारजनप्रति नेपाली सेनाले हार्दिक समवेदना र सहानुभूति व्यक्त गरेको छ । सेनाले घाइते बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

images
प्रकाशित मिति :भाद्र २४, २०८२ मंगलवार - १९:३९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology