Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

जन्मदिनमा माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष एवं व्यवसायाी रामहरी कडेँलद्वारा भालुमारामा खेलकुद सामाग्री वितरण

जन्मदिनमा माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष एवं व्यवसायाी रामहरी कडेँलद्वारा भालुमारामा खेलकुद सामाग्री वितरण

images

इच्छाकामना न्युज

१२, भाद्र २०८२
जन्मदिनमा माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष एवं व्यवसायाी रामहरी कडेँलद्वारा भालुमारामा खेलकुद सामाग्री वितरण
images

भालुमारा ।  नेकपा (माओवादी केन्द्र) इच्छाकामना गाउँकमिटीका अध्यक्ष रामहरि कडेँलको जन्मदिनको अवसर पारेर वडा नं. ७ स्थित भालुमारामा दाहाखानी युवा क्लबका खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गर्नुभएको छ ।  बिहिबार एक कार्यक्रमकाबिच  क्लबलाई १३ थान जर्सी, ३ थान बल र नेट हस्तान्तरण गरिएको हो। खेलकुदले युवालाई अनुशासित, संगठित र सामाजिक उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस किसिमको सहयोगले खेलाडीमा थप उत्साह भरिने उदेश्यले  जन्म दिनको अवसरमा खेलकुदका सामाग्री वितरण गरिएको अध्यक्ष कडेँलले बताउनुभयो । 

सामग्री वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश  किमिटी सदस्य तथा  इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ,  प्रदेश सदस्य साबित्रा सिलवाल, जिल्ला सदस्यहरु ढलक मगर, अप्सरा पौडेल, सम्झना सिलवाल र  गाउँ कमिटी उपाध्यक्ष तूल बहादुर गुरुङ लगायतको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै  इन्चार्ज प्रताप गुरुङले भन्नुभयो, “यस्ता सहयोगात्मक गतिविधिले युवालाई खेलतर्फ आकर्षित गर्नुका साथै समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्छ। खेलकुदमैत्री अभियानलाई निरन्तरता दिन सकिएमा यसले गाउँको गौरव बढाउनेछ।”

जन्मदिनमा गरिने फज्ल खर्चलाई कटाएर यूवाहरुलाई हौसला प्रदान गर्ने गरेर उदाहरणीय काम गरेको बताउनुयभो । 

त्यस्तै अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामनाकी अध्यक्ष सम्झना सिलवालले भन्नुभयो, “युवाहरूलाई खेलतर्फ प्रोत्साहित गर्ने यो कदम सराहनीय छ। खेलले स्वास्थ्य, आपसी एकता र सामुदायिक विकासमा टेवा पु¥याउने भएकाले हामी सबैले खेललाई प्राथमिकतामा राख्नुपर्छ।”

images
प्रकाशित मिति :भाद्र १२, २०८२ बिहिवार - १७:४१:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology