कुरिनटार । आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने पार्टीको दोस्रो विधान महाधिवेशनमा संशोधनका लागि प्रस्तुत गरिने एमालेको विद्यान सम्बन्धमा इच्छाकामनामा सुझाव संकलन गरिएको छ । नेकपा एमाले इच्छाकामना गाउँकमिटिको आयोजनामा आईतबार कुरिनटार स्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यान संशोधन बारे छलफल गरी सुझाव संकलन गरिएको हो ।
एमाले इच्छाकामना गाउँकमिटि अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न सुझाव संकलन कार्यक्रममा विधान महाधिवेशन प्रतिनिधि समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य तथा चितवन क्षेत्र नं. २ इन्चार्ज कृष्णभक्त पोखरेल, एमाले बागमती प्रदेश कमिटि सदस्य, बागमतीका पूर्वमन्त्री एवं प्रदेश सांसद कृष्णप्रसाद सिलवाल, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष एवं एमाले विद्यान महाधिवेशनको इच्छाकामना प्रतिनिधि माया सिलवाल, एमाले जिल्ला सदस्य एवं इच्छाकामना ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती एमाले जिल्ला लेखा समिति उपाध्यक्ष कुमार श्रेष्ठको विशेष उपस्थिति रहेको थियो ।
साथै कार्यक्रममा स्थानीय एमाले कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।