Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मोटरबोट सेवाबाट आँबुखैरेनीमा जल पर्यटनको विस्तार, रोजगारी र आम्दानीमा वृद्धि

मोटरबोट सेवाबाट आँबुखैरेनीमा जल पर्यटनको विस्तार, रोजगारी र आम्दानीमा वृद्धि

images

इच्छाकामना न्युज

१७, श्रावण २०८२
मोटरबोट सेवाबाट आँबुखैरेनीमा जल पर्यटनको विस्तार, रोजगारी र आम्दानीमा वृद्धि
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सेवा सञ्चालन गरी जल पर्यटनमार्फत आम्दानीका साथै रोजगारीको अवसर सिर्जना गर्न सफल भएको छ।

गाउँपालिकाको पहलमा सञ्चालनमा आएको मोटरबोट सेवाबाट आन्तरिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय टेवा पुगेको स्थानीयवासी तथा सरोकारवालाहरूको भनाइ छ।

‘बोटेबोरा प्रालि’ नामक कम्पनीले गाउँपालिकासँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीले सेवा सञ्चालनका लागि करिब १ करोड रुपैयाँ लगानी गरेको जनाइएको छ।

अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले मोटरबोट सेवा सञ्चालनबाट ३ लाख रुपैयाँ आम्दानी गरेको थियो भने चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँको वार्षिक ठेक्का सम्झौता भएको गाउँपालिकाले जानकारी दिएको छ।

हाल ‘नेपाल सिप एन्ड बोट बिल्डिङ’ले निर्माण गरेका ‘अग्नि’ र ‘फिस्टेल’ नामका दुई मोटरबोट सञ्चालनमा रहेका छन्। यी मोटरबोट सञ्चालनसँगै १२ जना स्थानीय युवाहरूले प्रत्यक्ष रोजगारी पाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए।

मोटरबोट सञ्चालनसँगै स्थानीय बजारमा व्यापारिक गतिविधिमा समेत चहलपहल बढेको स्थानीय सुजन गुरुङले बताए। गाउँपालिकाको प्रचारप्रसारमा समेत यसले सकारात्मक प्रभाव पारेको स्थानीय घनबहादुर गुरुङको धारणा छ।

यस्तै, पर्यटन विकासमार्फत गाउँपालिकाले आन्तरिक स्रोतमा आधारित आम्दानीको उदाहरणीय मोडेल प्रस्तुत गरेको स्थानीय तिलकुमारी थापाले बताइन्।
मोटरबोट सेवा सुरु भएपछि राजमार्ग भएर यात्रा गर्ने आन्तरिक पर्यटकहरू समेत आकर्षित हुन थालेको उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिइन्।

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - १९:११:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology