Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

एमाले फुटाएर गल्ती गरिएछ भनेको भोलिपल्ट केपी ओलीसँग झलनाथ खनालको भेट

एमाले फुटाएर गल्ती गरिएछ भनेको भोलिपल्ट केपी ओलीसँग झलनाथ खनालको भेट

इच्छाकामना न्युज

१७, श्रावण २०८२
एमाले फुटाएर गल्ती गरिएछ भनेको भोलिपल्ट केपी ओलीसँग झलनाथ खनालको भेट

काठमाडौ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका सम्मानित नेता झलनाथ खनालबीच भेट भएको छ । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा होटल याक एण्ड यतीमा भेटका क्रममा कम्युनिस्ट आन्दोलनका दुई सहयात्रीहरूले हात मिलाएको तस्वीर प्रधानमन्त्री सचिवालयले सार्वजनिक गरेको छ ।

images

उक्त समारोमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईलगायतका विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति थियो । प्रधानमन्त्रीले अघिल्लो लहरमा रहेका सबै नेताहरूसँग हात मिलाउँदै जाँदा झलनाथ खनालसँग पनि हात मिलाएका हुन् ।

शुक्रबार मात्रै खनालले दिएको एउटा टेलिभिजन अन्तर्वार्ता अहिले चर्चित छ । इमेज च्यानलका लागि दिएको अन्तर्वार्तामा खनालले एमालेबाट विद्रोह गरेर नेकपा एस बनाउनु गल्ती भएको बताएका थिए । उनले एमालेबाट अलग्गिएर अर्को दल बनाएको कुराको पुष्टि गर्न नसकिएको बताएका थिए । यो भनाइसँगै अध्यक्ष माधवकुमार नेपालसँग उनको दूरी झनै बढेको छ ।

नेपालले एकलौटी ढंगले पार्टी चलाएको आरोप खनालले लगाएका छन् । उनै नेपालले शनिबार विराटनगर पुगेर खनाललाई जवाफ दिँदै भनेका थिए, ‘पार्टीबाट खुरुक्क राजीनामा दिएर गए हुन्छ ।’ दिउँसै खनालले नेपालको जवाफ दिइसकेका छन् । याक एण्ड यतीको कार्यक्रममा अन्य पूर्वप्रधानमन्त्रीहर देखिए पनि माधव नेपाल भने देखा परेनन् ।

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - ०८:११:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology