Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनीमा उपभोक्ता हित संरक्षण समितिको पहिलो बैठक सम्पन्न

आँबुखैरेनीमा उपभोक्ता हित संरक्षण समितिको पहिलो बैठक सम्पन्न

images

इच्छाकामना न्युज

१४, श्रावण २०८२
आँबुखैरेनीमा उपभोक्ता हित संरक्षण समितिको पहिलो बैठक सम्पन्न
images
आँबुखैरेनी (तनहुँ), साउन १४— आँबुखैरेनी गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको पहिलो बैठक मंगलबार सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित बैठक समितिकी संयोजक दुर्गा अर्यालको अध्यक्षतामा बसेको हो।
बैठकमा गाउँपालिका भित्र अत्यावश्यक वस्तुहरूको माग तथा आपूर्तिको अवस्थाको अध्ययन, उपभोक्ता शिक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन, र मासिक बजार अनुगमन कार्ययोजना निर्माण गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा गाउँपालिका अध्यक्ष शुक्र चुमान, प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेत, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीकी प्रतिनिधि अनुषा खरेल, प्रशासकीय अधिकृत शर्मिला अधिकारी, आर्थिक समितिकी संयोजक गंगा बि.क., उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव सन्तोष के.सी., सदस्य कृष्णमान तामाङ, तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइ समितिका अध्यक्ष भगवान श्रेष्ठ, सत्रसय बजार इकाइ समितिका अध्यक्ष खगराज गौंली, पशु चिकित्सक सन्तोष देवकोटा, ईलाका प्रहरी कार्यालयका असई चेतनाथ अधिकारी, शिक्षा अधिकृत निर्मला कुँवर, र स्वास्थ्य शाखाका अहेब प्रमिता गुरुङलगायतको उपस्थिति रहेको थियो।
बैठकमा सहभागीहरुले उपभोक्ताको हकहित संरक्षण, मूल्य अनुगमन तथा गुणस्तरीय वस्तु तथा सेवा सुनिश्चिततामा समितिले प्रमुख भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

images
प्रकाशित मिति :श्रावण १४, २०८२ बुधवार - १९:१३:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology