Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामनाको वडा नं. ६ बाख्राको पकेट क्षेत्र घोषित, गाउँपालिकाबाट ८० प्रतिशतसम्म अनुदान

इच्छाकामनाको वडा नं. ६ बाख्राको पकेट क्षेत्र घोषित, गाउँपालिकाबाट ८० प्रतिशतसम्म अनुदान

images

इच्छाकामना न्युज

९, श्रावण २०८२
इच्छाकामनाको वडा नं. ६ बाख्राको पकेट क्षेत्र घोषित, गाउँपालिकाबाट ८० प्रतिशतसम्म अनुदान
images

इच्छाकामना । चितवनको पहाडी क्षेत्र पर्ने इच्छाकामना गाउँपालिकाले वडा नं. ६ लाई बाख्रापालनको पकेट क्षेत्र बनाउने घोषणा गरेको छ। तुन्तेस र आधामारालाई विशेष क्षेत्रका रूपमा समेट्दै गाउँपालिकाले खोर निर्माण, उन्नत जातका बाख्रा वितरण र किसान प्रोत्साहनका कार्यक्रम अघि सारेको छ।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष माया सिलवालका अनुसार २०८१/८२ आर्थिक वर्षमा मात्रै १२५ वटा बाख्राको खोर निर्माणमा अनुदान प्रदान गरिएको छ। तीमध्ये तुन्तेस र आधामारामा बनेका ४४ वटा खोरमा गाउँपालिकाले ८० प्रतिशतसम्म अनुदान दिएको छ भने अन्य वडामा ५० प्रतिशत अनुदानमा खोर निर्माण भएको हो।

"हामीले वडा नं. ६ लाई बाख्राको पकेट क्षेत्र बनाउने प्रयास गरेका हौं," अध्यक्ष सिलवालले भनिन्, "गाउँमै सम्भावना खोज्नेहरूलाई प्रोत्साहन मिलोस् र आम्दानीको स्रोत बनोस् भन्ने हाम्रो उद्देश्य हो।"

गाउँपालिकाले जिल्ला पशु सेवा कार्यालयसँगको साझेदारीमा खोर निर्माण गरेपछि किसानलाई दुई/दुई वटा पाठी र एक/एक वटा ब्याड बोका पनि वितरण गरेको छ।

यसअघि २०८०/८१ मा पनि १०० वटा खोर निर्माणमा ५० प्रतिशत अनुदान दिइएको थियो। हालसम्म गाउँपालिकाभित्र करिब ५०० वटा खोर निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ।

अध्यक्ष सिलवालका अनुसार नयाँ आर्थिक वर्षका लागि पनि कार्यक्रमलाई निरन्तरता दिइएको छ। बाख्रापालन किसानको सुरक्षालाई ध्यानमा राखी नीति निर्माण गरिएको हो।

गाउँपालिकाले सातै वडालाई फरक–फरक कृषि पकेट क्षेत्रको रूपमा विकास गर्दै आएको छ।

images
प्रकाशित मिति :श्रावण ९, २०८२ शुक्रवार - २३:४१:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology