Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामनाका चेपाङ समुदायलाई तीन हजार चिउरीका बिरुवा वितरण

इच्छाकामनाका चेपाङ समुदायलाई तीन हजार चिउरीका बिरुवा वितरण

images

इच्छाकामना न्युज

३२, आषाढ २०८२
इच्छाकामनाका चेपाङ समुदायलाई तीन हजार चिउरीका बिरुवा वितरण
images

इच्छाकामना, असार ३२ – इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायलाई तीन हजार चिउरीका बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरेको हो ।

गाउँपालिकाको कृषि शाखाकी अधिकृत समीक्षा पौडेलका अनुसार वडा नम्बर १, २ र ६ का चेपाङ समुदायलाई चिउरीको क्षेत्र विस्तारअन्तर्गत ती बिरुवा वितरण गरिएको हो । फल, घ्यू, तेल, पिना, चोपबाट लिसो, माछा मार्ने कीटनाशक औषधि, दुनाटपरी, डाँले घाँसलगायत बहुउपयोगी प्रयोग हुने चिउरीका माध्यमबाट जीविकोपाजर्नमा सहयोग पु¥याउने र यसको संरक्षण गर्न बिरुवा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वडामा एक हजारका दरले बिरुवा वितरण गरिएको हो ।

चेपाङ समुदायमा परम्परागत रूपमा छोरीको बिहेमा चिउरीको बिरुवा आयआर्जनका लागि दाइँजो दिने गरिन्छ । चिउरीलाई प्रोटिनयुक्त खाद्य स्रोतका रूपमा लिने गरिन्छ । चिउरीको परागसेचनका लागि शाकाहारी चमेरो आवश्यक पर्ने उहाँले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्ष गाउँपालिकाले चिउरीको बिरुवा गणना गरेको थियो । “गणनाका क्रममा तीन हजार ४७१ वटा बोट रहेको पाइएको थियो । सोही वर्ष पाँच सय वटा बिरुवा वितरण गरिएको थियो । चिउरीको संरक्षणका लागि मौरी घारसमेत वितरण गरिएको छ । चेपाङ समुदायका ९२ परिवारलाई मौरीको घार वितरण गरिएको हो”, कृषि अधिकृत पौडेलले भन्नुभयो ।

चिउरी संरक्षणसँगै शाकाहारी चमेरो समेत संरक्षणमा मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । चेपाङ समुदायमा मासुका रूपमा प्रयोग हुने चमेरोको संरक्षण गर्दा यस समुदायको आयआर्जनमा टेवा पुग्ने उहाँले बताउनुभयो । चमेरो व्यावसायिक रूपमा मासु र बिक्री गर्ने प्रचलन अन्त्य गर्न यस कार्यक्रमले टेवा पुग्ने पौडेलले बताउनुभयो ।

एक वर्षमा एउटामात्र सन्तान उत्पादन गर्ने चमेरो पछिल्लो समय सङ्कटमा परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चमेरोको बढ्दो व्यवसायिकीकरण भयो । यसलाई संरक्षण गर्न गाउँपालिका लागेको छ ।” रासस

images
प्रकाशित मिति :आषाढ ३२, २०८२ बुधवार - १९:४१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology