काठमाण्डौ, १७ फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने फैसलापछि नैतिकताको आधारमा प्रधानमन्त्री केपी ओली शर्मा ओलीले राजीनामा गर्नुपर्नेमा उल्टै आफैँले जिते जस्तो गरेर हिँड्न थालेको टिप्पणी गर्नुभएको छ । काठमाडौँमा आज भएको पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघ बीचको एकता घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले नैतिकता गुमाएको टिप्पणी गर्नुभएको हो ।
सर्वोच्चले हराइदिएको छ, अझ बलियो भयौँ भनेर हिँडिरहनु भएको छ, कसरी बलियो भइयो ‘राजीनामा दिनु कता हो कता, अझै देखाइदिन्छु भन्दै हुनुहुन्छ, अब देखाउन के बाँकी छ र ? प्रचण्डले भन्नुभयो । संवैधानिक रुपमा प्रधानमन्त्री ओलीको प्रतिगमनलाई सर्वोच्चले खारेज गरेपछि उहाँ प्रधानमन्त्री पदमा एक क्षण बस्न लायक नहुने प्रधानमन्त्रीको भनाइ छ । ओलीले साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्दै अझै पनि आफूतिर मानिसहरुलाई तान्न खोजिरहेको आरोप प्रचण्डले लगाउनुभयो ।