Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामना गाउँपालिकाले आज सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै  

इच्छाकामना गाउँपालिकाले आज सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै  

images

इच्छाकामना न्युज

३२, आषाढ २०८२
इच्छाकामना गाउँपालिकाले आज सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै  
images

कुरिनटार । इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आज हुदैछ । 
गाउँपालिकाको सभाहल, कुरिनटारमा हुने उक्त कार्यक्रममा गाउँपालिकाले विगत तीन महिनामा सम्पन्न गरेका योजना, कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धी विवरण प्रस्तुत गर्नेछ।

साथै, सेवा लाभग्राही तथा सरोकारवालाहरूबाट सुझाव, गुनासो र प्रतिक्रियाहरू समेत संकलन गरिनेछ।
गाउँपालिकाले सूचना जारी गर्दै सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भई मूल्यवान सुझाव र प्रतिक्रिया प्रदान गरी कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्न सबै सरोकारवालाहरू—स्थानीय बासिन्दा, नागरिक समाज, पत्रकार, राजनीतिक दलका प्रतिनिधि तथा सेवाग्राहीहरूलाई अनुरोध गरेको छ।
सार्वजनिक सुनुवाई कार्यक्रम स्थानीय शासन प्रणाली अन्तर्गत जवाफदेहिता, पारदर्शिता र नागरिक सहभागितालाई प्रवद्र्धन गर्न गरिएको नियमित अभ्यास हो ।

images
प्रकाशित मिति :आषाढ ३२, २०८२ बुधवार - ०८:३४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology