Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

फागुन २३ गतेका लागि राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान 

फागुन २३ गतेका लागि राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान 

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०७७
फागुन २३ गतेका लागि राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान 
images

काठमाण्डौ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।  
गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको छ । 
संसद बैठक सञ्चालनका लागि संसद सचिवालयले तयारी पूरा गरिसकेको जनाएको छ । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि गत असार १८ गते संसद अधिवेशन अन्त्य गरेको थियो । प्रतिनिधिसभाको वर्षे अधिवेशन अन्त्य भएको ८ महिनापछि अर्को अधिवेशन सुरु हुन लागेको हो ।  

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १८:४३:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology