Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बस्नेत नियुक्त

आँबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बस्नेत नियुक्त

images

इच्छाकामना न्युज

२६, आषाढ २०८२
आँबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बस्नेत नियुक्त
images
आँबुखैरेनी (तनहुँ), असार २६ । सरकारले बुद्धिराम बस्नेतलाई आँबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा नियुक्त गरेको छ। लोक सेवा आयोगको सिफारिसका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका बस्नेतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय जिम्मेवारी दिइएको हो।
वर्तमान प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले अनिवार्य अवकाश पाएसँगै बस्नेतलाई पदभार दिइएको गाउँपालिकाले जनाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्रअनुसार बस्नेतले छिट्टै कार्यभार सम्हाल्ने तयारी गरेका छन्। स्थानीय प्रशासन र सेवाप्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित उनलाई खटाइएको मन्त्रालय स्रोतले जनाएको छ।
गाउँपालिकाले नयाँ अधिकृतको स्वागतका लागि आवश्यक तयारी अघि बढाएको छ।

images
प्रकाशित मिति :आषाढ २६, २०८२ बिहिवार - ११:०१:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology