Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भारतमा आजदेखि दोस्रो चरणको खोप अभियान सुरु 

भारतमा आजदेखि दोस्रो चरणको खोप अभियान सुरु 

एजेन्सी

१७, फाल्गुण २०७७
भारतमा आजदेखि दोस्रो चरणको खोप अभियान सुरु 

भारतमा आजदेखि कोरोना विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु भएको छ । भारत सरकारले आजदेखि ४५ वर्षभन्दा माथिका स्वस्थ मानिसहरुलाई खोप लगाउँदै छ । दोस्रो चरणको खोप अभियानसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको खोप लगाउनुभएको छ । आज बिहान दिल्लीको एम्स अस्पतालमा उहाँले खोपको पहिलो डोज लगाउनुभएको छ । 
भारत सरकारले आजदेखि सुरु गरेको खोप अभियान अन्तर्गत स्वास्थ्य समस्या भएका मानिसहरुलाई भने खोप नलगाउने बताएको छ । आजदेखि सुरु भएको दोस्रो चरणको खोप अभियानका लागि भारत सरकारले देशभर १० हजार खोप केन्द्र निर्धारण गरेको छ । जहाँ निःशुल्क खोप लगाइँदैछ । 
यस्तै भारत सरकारले सबै केन्द्र सरकारका मन्त्रीलाई शुल्क तिरेर कोरोना विरुद्धको खोप लगाउन निर्देशन दिएको छ । आजदेखि सुरु भएको दोस्रो चरणको खोप अभियान अन्तर्गत निजी अस्पतालमा खोप लगाउँदा २ सय ५० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पहिलो चरणको खोप अभियान अन्तर्गत सबै निजी अस्पतलामा पनि कोरोना विरुद्धको खोप निःशुल्क लगाइएको थियो । भारतमा १६ जनवरीबाट सुरु भएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म १ करोड ४२ लाखभन्दा बढीले खोप लाइसकेका छन् ।

images

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १०:४८:१० बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology