Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामना गाउँपालिकाको पुँजिगत खर्च ८७.२९ प्रतिशत, चालु खर्च भन्दा बढी

इच्छाकामना गाउँपालिकाको पुँजिगत खर्च ८७.२९ प्रतिशत, चालु खर्च भन्दा बढी

images

इच्छाकामना न्युज

२५, आषाढ २०८२
इच्छाकामना गाउँपालिकाको पुँजिगत खर्च ८७.२९ प्रतिशत, चालु खर्च भन्दा बढी
images

इच्छाकामना , असार २५ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा पुँजिगत खर्चमा उल्लेखनीय प्रगति गर्दै ८७.२९ प्रतिशत खर्च गरेको छ। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले मङ्गलबार सार्वजनिक खर्च विवरणमार्फत यो जानकारी दिनुभएको हो।

उहाँका अनुसार समग्र खर्च ८५.५७ प्रतिशत रहेको छ, जसअन्तर्गत चालु खर्च ८४.२७ प्रतिशत र पुँजिगत खर्च ८७.२९ प्रतिशत पुगेको हो। बस्नेतले चालु खर्चभन्दा बढी पुँजिगत खर्च हुनुले विकास योजनाहरूमा प्राथमिकता दिएको संकेत भएको बताउनुभयो।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले पुँजिगततर्फ ८३ प्रतिशत र चालु तर्फ ८७ प्रतिशत खर्च गरेको थियो। यस वर्ष कुनै पनि योजना म्याद थप नगरी सम्पन्न भएका कारण भुक्तानीका लागि कुनै दायित्व बाँकी नरहेको पनि बस्नेतले स्पष्ट गर्नुभयो। गाउँपालिकाले यस वर्ष सबैभन्दा ठूलो ६ करोड ७१ लाख रुपैयाँको योजना सफलतापूर्वक सम्पन्न गरेको छ।

images
प्रकाशित मिति :आषाढ २५, २०८२ बुधवार - २२:३७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology