Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मुग्लिङमा प्रहरी कर्मचारीहरूका लागि नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न

मुग्लिङमा प्रहरी कर्मचारीहरूका लागि नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

२५, आषाढ २०८२
मुग्लिङमा प्रहरी कर्मचारीहरूका लागि नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न
images

मुग्लिङ, असार २५ । इलाका प्रहरी कार्यालय मुग्लिङ, चितवनको आयोजना र चितवन आँखा अस्पतालको प्राविधिक सहयोगमा प्रहरी कर्मचारीहरूका लागि नि:शुल्क आँखा जाँच तथा कालो चश्मा वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा प्रहरी कर्मचारीहरूको आँखाको स्वास्थ्य परीक्षण गरी आवश्यक पर्ने व्यक्तिहरूलाई कालो चश्मा वितरण गरिएको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतिक सिंह, चितवन आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. पशुराम रेग्मी, डा. किशोर गौतमसहितको स्वास्थ्य टोलीको उपस्थिति रहेको थियो।

शिविरमा इलाका प्रहरी कार्यालय र मातहतका विभिन्न प्रहरी चौकीहरूबाट सहभागी भएका प्रहरी कर्मचारीसहित जम्मा ४८ जनाको आँखा परीक्षण गरिएको थियो।

प्रहरी कर्मचारीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखी यस्ता खालका कार्यक्रमले उनीहरूको कार्यक्षमता अभिवृद्धिमा सघाउ पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

images
प्रकाशित मिति :आषाढ २५, २०८२ बुधवार - २२:२४:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology