Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

कुरिनटारमा बाल तथा जेष्ठ नागरिक लक्षित हरित पार्क निर्माण सम्पन्न

कुरिनटारमा बाल तथा जेष्ठ नागरिक लक्षित हरित पार्क निर्माण सम्पन्न

images

इच्छाकामना न्युज

२१, आषाढ २०८२
कुरिनटारमा बाल तथा जेष्ठ नागरिक लक्षित हरित पार्क निर्माण सम्पन्न
images

इच्छाकामना । बागमती प्रदेश सरकारको सहयोगमा इच्छाकामना गाउँपालिका वडा नं. ४ कुरिनटारमा बालबालिका र जेष्ठ नागरिकका लागि लक्षित गरी हरित पार्क निर्माण कार्य सम्पन्न गरिएको छ।

वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालको पहलमा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेटबाट पार्क निर्माण सम्पन्न भएको हो।

पार्क निर्माणसँगै स्थानीयवासी, विशेष गरी बालबालिका र जेष्ठ नागरिकलाई आरामदायी र स्वच्छ वातावरणमा समय बिताउने स्थान प्राप्त भएको वडा कार्यालयले जनाएको छ। पार्कमा हरियाली, विश्राम स्थल, बालमैत्री संरचना, बेन्च, फूलबारी लगायत संरचनाहरू निर्माण गरिएको छ।

वडा अध्यक्ष रुद्र उप्रेतीका अनुसार यस्तो पूर्वाधारले समुदायमा सकारात्मक ऊर्जा र सामाजिक सम्बन्ध विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ। “पार्कले जेष्ठ नागरिक र बालबालिकालाई लक्षित गरी सहज वातावरण उपलब्ध गराउनेछ। यसले समाजमा आपसी सहकार्य र वातावरण संरक्षणमा पनि योगदान पुर्‍याउनेछ,” अध्यक्ष उप्रेतीले भन्नुभयो।

स्थानीय तहमै यस्ता विकास निर्माण कार्य अघि बढ्नु सकारात्मक कदम भएको भन्दै वडा कार्यालयले आगामी दिनमा पनि जनमुखी योजना सञ्चालन गरिने जानकारी दिएको छ।

images
प्रकाशित मिति :आषाढ २१, २०८२ शनिवार - ०९:३०:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology