इच्छाकामना । मुग्लिङ–नारायणगढ सडक खण्डको घुमाउने मोडमा आज भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। ना.प. ३२ प १२३४ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेट भएको एलपी ग्यास बुलेट आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल तीव्र गतिमा रहेको र मोडमा सन्तुलन गुमाएपछि सिधै ग्यास बुलेटसँग ठोक्किएको बताइएको छ। दुर्घटनामा परेका दुवै मोटरसाइकल सवार घाइतेको अवस्था गम्भीर रहेको र उपचारका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घटनापछि केही समय सडक अवरुद्ध भएको थियो भने अहिले स्थिति सामान्य बनाइएको छ।
प्रहरीले ग्यास बुलेट र मोटरसाइकल दुबैलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।