Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आँबुखैरेनी गाउँपालिकाद्वारा कृषि बाली पात्रो विमोचन

आँबुखैरेनी गाउँपालिकाद्वारा कृषि बाली पात्रो विमोचन

इच्छाकामना न्युज

१८, आषाढ २०८२
आँबुखैरेनी गाउँपालिकाद्वारा कृषि बाली पात्रो विमोचन
आँबुखैरेनी, १८ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुँदै आएका १२ प्रमुख बालीहरूको वैज्ञानिक उत्पादन तालिका तथा जैविक प्रविधिको जानकारी समेटिएको ‘कृषि बाली पात्रो’ सार्वजनिक गरेको छ।
गाउँपालिकाको कृषि शाखाको पहलमा तयार गरिएको सो पात्रोको उद्देश्य कृषकलाई सही समयमै बाली रोपाइँ, स्याहार, मल व्यवस्थापन, रोग नियन्त्रण तथा कटाइ–थन्काइसम्बन्धी समुचित जानकारी प्रदान गर्नु रहेको छ।
गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसी ले बताए अनुसार, “यो पात्रोले कृषकहरूलाई मौसमअनुकूल खेती प्रणाली अपनाउन मद्दत पुर्याउनेछ। साथै, जैविक खेतीका प्रविधिहरूको प्रचारप्रसार गर्दै दीगो कृषि प्रणालीमा अभिप्रेरित गर्नेछ।”
पात्रोमा मकै बाली, धानबाली, लहरेबाली, सुन्तलाबाली, हरियो तरकारीबाली, गोलभेडाबाली, मौरीपालन, अदुवाबाली, फलफूल लगायत १२ विभिन्न बालीहरूका विशेषता, बिउ छनोटदेखि भण्डारणसम्मका चरणहरू, र जैविक मलको प्रयोग विधि उल्लेख गरिएको छ।
गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, प्राविधिक कर्मचारी, कृषक प्रतिनिधि लगायतको उपस्थितिमा एक औपचारिक कार्यक्रममा उक्त पात्रो सार्वजनिक गरिएको हो।
स्थानीय किसानहरूका लागि मार्गदर्शकको रूपमा काम गर्ने अपेक्षासहित सार्वजनिक गरिएको यो पात्रो हरेक वडाका कृषक समूहहरूलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ।

images
प्रकाशित मिति :आषाढ १८, २०८२ बुधवार - २०:३०:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology