Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगदसहित सम्मान

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगदसहित सम्मान

इच्छाकामना न्युज

१८, आषाढ २०८२
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगदसहित सम्मान
आँबुखैरेनी (तनहुँ), असार १८ । आँबुखैरेनी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच सम्मान गरेको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, वडा अध्यक्षहरू, शिक्षा शाखा प्रमुख निर्मला कुँवरसहित जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गाउँपालिकाले एसइईमा ४.० GPA ल्याउने दुईजना विद्यार्थीलाई जनही रु. ५०,००० नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरेको हो।
सम्मानित विद्यार्थीहरूमा रामशाह माविकी संजिना थापा र किस्मत पोख्रेल रहेका छन्।
यसैगरी, ३.९ GPA भन्दा माथि नतिजा ल्याउने ५ जना विद्यार्थीलाई रु. ३०,००० नगद, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको छ।
सम्मानित हुने विद्यार्थीहरूमा रामशाह माविका विपस्वी पन्त (GPA 3.96), गौरव कुमाल (GPA 3.95), सन्ध्या विक (GPA 3.82 -दलित समुहतर्फ उत्कृष्ट) महिष्मा श्रेष्ठ (GPA 3.78) – प्राविधिक धारमा जिल्लास्तरीय उत्कृष्ट, फ्युचर स्टार बोर्डिङ स्कुलका आशिक पन्त (GPA 3.95) रहेको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए ।
यसैगरी, गाउँपालिकाले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल र उत्कृष्ट नतिजा ल्याउन मद्दत गर्ने ३८ जना शिक्षकहरूलाई पनि दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको हो।
शिक्षकहरूलाई प्रशंसापत्रमार्फत प्रेरणादायी भूमिकाको कदर गरिएको गाउँपालिकाले जनाएको छ।
यस्तै, एसइई तयारीको क्रममा सञ्चालन गरिएको छात्रावास व्यवस्थापनमा सहयोग गर्ने उद्योग वाणिज्य संघ – आँबुखैरेनी बजार इकाई, उद्योग वाणिज्य संघ – सत्रसय बजार इकाई, तथा आँबुखैरेनी ख्रीष्टियन समाज लाई समेत सम्मान गरिएको हो।
कार्यक्रमको समापनमा गाउँपालिका अध्यक्ष शुक्र चुमानले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू, उत्कृष्ट नतिजा ल्याउन मद्दत गर्ने शिक्षकहरू र सहयोगी संस्थाहरूलाई बधाई दिँदै भने, "शिक्षा क्षेत्रमा यस्ता सम्मान कार्यक्रमले अझ धेरै विद्यार्थी र शिक्षकलाई प्रेरणा दिन्छ। गाउँपालिकाले शिक्षा क्षेत्रमा निरन्तर लगानी गर्नेछ।"

images
प्रकाशित मिति :आषाढ १८, २०८२ बुधवार - २०:२८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology