Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सांसदहरुलाई कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप दिइने 

सांसदहरुलाई कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप दिइने 

इच्छाकामना न्युज

१६, फाल्गुण २०७७
सांसदहरुलाई कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप दिइने 

काठमाण्डौ, १६ फागुन । सांसदहरुलाई कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप दिइने भएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो । 
उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ । 
यसैबीच, पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएकोमा ७८ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको छ । नेपालमा ९ सय ६२ सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ८२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७ रहेको छ ।  यसैगरी पछिल्लो २४ घण्टामा १ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ रहेको छ ।  हालसम्म देशभर २१ लाख ६२ हजार ९ सय ३६ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६८ जना रहेका छन ।

images

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - २१:५६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology