Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामना गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा सुन्तला, कागती र कफीको विरुवा वितरण

इच्छाकामना गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा सुन्तला, कागती र कफीको विरुवा वितरण

images

इच्छाकामना न्युज

१७, आषाढ २०८२
इच्छाकामना गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा सुन्तला, कागती र कफीको विरुवा वितरण
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिकाले स्थानीय किसानहरूलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा सुन्तला, कागती र कफीका विरुवाहरू वितरण गरेको छ।

गाउँपालिका कृषि शाखाका प्राविधिक आशिष त्रिपाठीका अनुसार यसपालि सुन्तलाका कलमी २ हजार ६ सय र बिजु १५ हजार, कागतीका कलमी ८ सय र बिजु २ हजार ६ सय, साथै कफीका ५ सय वटा बिरुवा वितरण गरिएको छ।

यस वितरण कार्यक्रमले किसानहरूमा निकै उत्साह थपेको छ। वडा नम्बर ३ का कृषक भीम बहादुर गुरुङले गाउँपालिकाले कम मूल्यमा विरुवा उपलब्ध गराएकामा खुसी व्यक्त गर्दै भन्नुभयो, “५० प्रतिशत अनुदानमा विरुवा पाएपछि किसानले धेरै मात्रामा रोप्न सक्छन्, जसले गर्दा व्यवसायिक खेतीतर्फ उन्मुख हुने सम्भावना बढेको छ।”

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “सुन्तला, कागती वा कफीका विरुवा मात्र वितरण होइन, हामी समग्र कृषि क्षेत्रको विकासलाई लक्ष्य बनाएर अगाडि बढिरहेका छौं। किसानको उत्पादनशीलता वृद्धि र आत्मनिर्भरता हाम्रो प्रमुख उद्देश्य हो।”

यस प्रकारको कार्यक्रमले दीर्घकालीन रूपमा कृषकहरूको जीवनस्तर उकास्ने विश्वास लिइएको छ। इच्छाकामना गाउँपालिकाको यो पहलले स्थानीय तहमा कृषि यान्त्रीकरण र बहुवर्षीय बालीतर्फको लगानीलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :आषाढ १७, २०८२ मंगलवार - ०९:३३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology