Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामनामा विपन्न चेपाङ समुदायका लागि ४५ घर निर्माण

इच्छाकामनामा विपन्न चेपाङ समुदायका लागि ४५ घर निर्माण

images

इच्छाकामना न्युज

१३, आषाढ २०८२
इच्छाकामनामा विपन्न चेपाङ समुदायका लागि ४५ घर निर्माण
images

इच्छाकामना ।  चितवनको इच्छाकामनामा विपन्न चेपाङ समुदायका लागि ४५ घर निर्माण  गरेका छन् । जनता आवास कार्यक्रम मार्फत ती घरहरु निर्माण भएका हुन् । 
  वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीका अनुसार वडा नम्बर ४ मा यस  चालु आर्थिक बर्षमा मात्र सात वटा घर निर्माण भएका छन्। विपन्न चेपाङ परिवार छनौट गरि घर निर्माण गरिदिएकोे उहाँले बताउनुभयो । वडाध्यक्ष उप्रेतीका अनुसार घर निर्माणमा लाभग्राहीले घडेरी सम्याउने र जग हाल्ने काम आफै गर्नुपर्ने हुन्छ ।उहाँले भन्नुभयो,“घडेरी सम्याउने र जग हाल्ने सम्मको काम लाभग्राहीको हो भने अरु काम सबै गाउँपालिकाले गरिदिन्छ । ”
 अहिले निर्माणका भएका ती घरहरुको अनुगमन कार्य भइरहेको उपाध्यक्ष माया सिलवालले बताउनुभयो ।  अनगुमन पश्चात अबको केही दिनमा घरधनीलाई हस्तान्तरण गर्ने उपाध्यक्ष सिलवालको भनाई छ । 
जनता आवास कार्यक्रम अन्तर्गत यस चालु आर्थिक बर्षमा इच्छाकामना गाउँपालिकामा  रहेको सात वटै वडामा गरि ४५ वटा घर निर्माण भएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो । रु.३ करोड १५ लाख लागतमा ४५ वटा घरहरु निर्माण गरिएका हुन्।  एक घर निर्माणका लागि लाभग्राहीलाई  रु सात लाख उपलब्ध गराउँदै आएको छ । इच्छाकामना गाउँपालिकामा कुल जनसंख्याको ३७ प्रतिशत चेपाङ समुदायको बसोबास रहेको छ ।आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा पनि गाउँपालिकाले विपन्न चेपाङ समुदायलाई लक्षित गरि चेपाङ आवास कार्यक्रम समेटिएको उहाँको भनाई छ । गाउँपालिकाले गत आर्थिक बर्षमा पनि २२ वटा घर निर्माण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।  

images
प्रकाशित मिति :आषाढ १३, २०८२ शुक्रवार - ०९:३७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology