Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सहिद लखन गाउँपालिकाको सत्रौं गाउँसभा सम्पन्न, आगामी वर्षका लागि झन्डै ६० करोडको बजेट पारित

सहिद लखन गाउँपालिकाको सत्रौं गाउँसभा सम्पन्न, आगामी वर्षका लागि झन्डै ६० करोडको बजेट पारित

images

इच्छाकामना न्युज

९, आषाढ २०८२
सहिद लखन गाउँपालिकाको सत्रौं गाउँसभा सम्पन्न, आगामी वर्षका लागि झन्डै ६० करोडको बजेट पारित
images

गोरखा, असार ९ । सहिद लखन गाउँपालिकाको सत्रौं गाउँसभा आज सम्पन्न भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ५९ करोड ८२ लाख ८७ हजार १ सय ९२ रुपैयाँ बराबरको बजेट पारित गरेको हो।

गाउँपालिकाले आन्तरिक स्रोतबाट रु २ करोड ३७ लाख ८० हजार रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ। संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदान र राजस्व बाँडफाँडमार्फत रु ५७ करोड ४५ लाख ७ हजार १ सय ९२ रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।

संघीय सरकारबाट प्राप्त हुने अनुदान विवरण: राजस्व बाँडफाँड (मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, रोयल्टी आदि): रु ११ करोड ६१ लाख ७४ हजार १ सय ९२

संघीय समानीकरण अनुदान: रु १४ करोड १६ लाख

संघीय सशर्त अनुदान (चालु): रु २४ करोड ९८ लाख

संघीय सशर्त अनुदान (पूँजीगत): रु २१ लाख

संघीय विशेष पूँजीगत अनुदान: रु १ करोड ६ लाख

संघीय समपूरक अनुदान (पूँजीगत): रु ८७ लाख

प्रदेश सरकारबाट प्राप्त अनुदान: प्रदेश समानीकरण अनुदान: रु १ करोड ९९ लाख ७८ हजार

प्रदेश समपूरक अनुदान (पूँजीगत): रु ६० लाख

प्रदेश विशेष अनुदान: रु ४० लाख

गत वर्षको नगद मौज्दात र जनसहभागिता समेत समेटेर बजेट तयार गरिएको हो। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १ प्रतिशतले कम रहेको छ। खर्चको विवरण: कुल बजेटमध्ये २२ प्रतिशत पूँजीगत खर्च र ७८ प्रतिशत चालु खर्चमा विनियोजन गरिएको छ।

विषयगत विनियोजन यस प्रकार रहेको छ:

आर्थिक विकास: २.४ प्रतिशत

सामाजिक विकास: १०.४ प्रतिशत

पूर्वाधार विकास: १४.२ प्रतिशत

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र (वन, वातावरण, विपद् व्यवस्थापन): २.७ प्रतिशत

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च: १८.६ प्रतिशत

सशर्त र विशेष अनुदान अन्तर्गतका योजनाहरू: ५१.७ प्रतिशत गाउँपालिकाका अध्यक्ष रमेश थापाले बजेटले स्थानीय आवश्यकता र प्राथमिकतालाई समेट्ने प्रयास गरिएको बताए।

images
प्रकाशित मिति :आषाढ ९, २०८२ सोमवार - २२:४०:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology