गोरखा, असार ९ । गोरखा जिल्लास्थित गण्डकी गाउँपालिकाको १८ औं गाउँसभा सोमबार सम्पन्न भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ६४ करोड ३० लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ।
गाउँपालिका अध्यक्षको अध्यक्षतामा बसेको सभामा संघीय सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकअनुसारको अनुदान तथा राजस्व बाँडफाँटमार्फत कूल रु ५४ करोड ७३ लाख ७९ हजार ९ सय ५ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
बजेटका प्रमुख स्रोतहरू यस प्रकार छन्:
वित्तीय समानीकरण अनुदान : रु १२ करोड ९४ लाख शर्तसहितको अनुदान : रु २९ करोड ३३ लाख
समपूरक अनुदान : रु २ करोड ३२ लाख
विशेष अनुदान : रु १ करोड ६५ लाख
राजस्व बाँडफाँट : रु ८ करोड ४९ लाख ७९ हजार ९ सय ५ सभामा आगामी वर्षका नीति, कार्यक्रम, विकास निर्माणका योजना र बजेटका प्राथमिकतासमेत प्रस्तुत गरिएको थियो।
गण्डकी गाउँपालिकाले स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा बजेट केन्द्रित गर्ने बताएको छ। गाउँपालिका अध्यक्षले बजेट सर्वसाधारणको आवश्यकता र स्थानीय विकासलाई केन्द्रमा राखेर तयार गरिएको बताए। साथै, कार्यान्वयनमा पारदर्शिता र जनसहभागिता सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।