Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामनाको बजेट ७८ करोड बढी : केन्द्रबाट ४६ करोड ३६ लाख र प्रदेशबाट करिब सात करोड

इच्छाकामनाको बजेट ७८ करोड बढी : केन्द्रबाट ४६ करोड ३६ लाख र प्रदेशबाट करिब सात करोड

images

इच्छाकामना न्युज

८, आषाढ २०८२
इच्छाकामनाको बजेट ७८ करोड बढी : केन्द्रबाट ४६ करोड ३६ लाख र प्रदेशबाट करिब सात करोड
images

इच्छाकामना । इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७८ करोड १५ लाख ३६ हजार रूपैयाँ बजेट ल्याएको छ । यो बजेट गत आर्थिक वर्षको भन्दा २६ लाख ४४ हजार बढी हो । गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालद्वारा प्रस्तुत बजेटमध्ये केन्द्र सरकारबाट ४६ करोड ३६ लाख र प्रदेश सरकारबाट छ करोड ९८ लाख ५७ हजार आय हुने अनुमान गरिएको छ ।

त्यसमा पनि सङ्घीय राजस्व बाँडफाँडबाट नौ करोड ६८ हजार र प्रदेशतर्फको राजस्व बाँडफाँडबाट चार करोड ३५ लाख रूपैयाँ आय हुने अनुमान गरिएको छ । आन्तरिक राजस्व दश करोड ३२ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको विनियोजित बजेटमा उल्लेख छ । यस्तै व्ययतर्फ भने चालू खर्चको लागि ४३ करोड ३२ लाख ३६ हजार र पुँजीगततर्फ ३४ करोड ५३ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सङ्घ र प्रदेशबाट हस्तान्तरित अनुदान फिर्ताको लागि दुई करोड ५० लाख र गत आर्थिक वर्षको भुक्तानीका लागि ७० लाख रूपैयाँ विनियोजन गरिएको गाउँपालिकाकी उपाध्यक्ष सिलवालले बताइन् । आर्थिक विकासतर्फ छ करोड ४० लाख ८५ हजार, सामाजिक विकासतर्फ ३५ करोड १६ लाख ९१ हजार, पूर्वाधार विकासतर्फ २५ करोड ७९ लाख छ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ एक करोड ५६ लाख ३० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ एक करोड २२ लाख २१ हजार विनियोजन गरिएको उनले बताइन् ।

आउँदो आर्थिक वर्षको लागि पाँच वटै विषयगत क्षेत्रलाई समेट्ने प्रयास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । ‘गाउँपालिकावासीको हितमा काम गर्ने गरी बजेट प्रस्तुत भएको छ,’ उनले भने, ‘यसले विगतमा भएका कमिकमजोरीलाई पनि सच्याएर अघि बढ्ने मौका मिल्नेमा हामी विश्वस्त छौँ ।’ उपाध्यक्षले आगामी वर्षको बजेट प्रस्तुत गर्नुपूर्व अध्यक्ष दानबहादुर गुरूङमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

पालिकाको नीति तथा कार्यक्रममा समग्र इच्छाकामना गाउँपालिकाको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने, सीमान्तकृत तथा पिछडिएका वर्ग, लिङ्ग र क्षेत्रलाई आर्थिक लाभमा रूपान्तरण गर्नेलगायतका विषय समेटिएको छ । यस्तै युवालाई आफ्नै ठाउँमा स्वरोजगार बन्ने, उद्यमशीलमार्फत गरिबी न्युनीकरण गर्ने दिशामा इच्छाकामना गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको अध्यक्ष गुरूङले बताए ।

सबै वडाको सडक स्तरोन्नति, ग्रामीण क्षेत्रमा भरपर्दो बिजुली बत्तीको व्यवस्था, अव्यवस्थित बसोबास र भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने, फोहोरमैला व्यवस्थापनलाई आयसँग जोड्नेलगायतका विषयले पनि प्राथमिकता पाएको छ । पालिकाका अध्यक्ष गुरूङद्वारा प्रस्तुत नीति तथा कार्यक्रम, उपाध्यक्ष सिलवालद्वारा प्रस्तुत वार्षिक बजेटसँगै गाउँपालिकाको वार्षिक कार्यक्रमलाई गाउँसभाले सर्वसम्मतरूपमा पारित गरेको गाउँपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ८, २०८२ आइतवार - २१:११:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology