Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाटमा हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ

देवघाटमा हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ

images

इच्छाकामना न्युज

७, आषाढ २०८२
देवघाटमा हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ
images

देवघाट । तनहुँको देवघाटमा कुटपिट गरी हत्या गरिएको अभियोगमा फरार रहेका ‘जोगी’ उपनामले चिनिने लोकबहादुर महत पक्राउ परेका छन् । उनलाई चितवनको देवघाटस्थित एक वृद्धाश्रमबाट प्रहरीले पक्राउ गरेको हो । महोत्तरी बर्दिवास नगरपालिका–१ का ४६ वर्षीय महत २०८२ असार ५ गते बिहान करिब ५ बजेको समयमा तनहुँको देवघाट गाउँपालिका–५ बद्रिमुक्ति टोलका ३२ वर्षीय प्रकाश पौडेलको हत्या गरी फरार भएका थिए । मादक पदार्थ सेवन गरी कुटपिट गर्दा पौडेलको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न अन्य दुई अभियुक्त—पाल्पा तानसेन नगरपालिका–८ का २८ वर्षीय बुद्ध सारु मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ का ४२ वर्षीय राम लामा-लाई असार ५ कै दिन पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । तर, हत्या आरोपमा संलग्न महत भने घटनापछि फरार थिए । उनलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी निरीक्षक उदयराज पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले असार ७ गते बिहान करिब १० बजे चितवन भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लब चितवनले सञ्चालन गरेको वृद्धाश्रममा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो । प्रहरीले महतलाई नियन्त्रणमा लिएर तनहुँको आबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयमार्फत थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ । प्रहरी निरीक्षक तथा सूचना अधिकारी आशिष विकका अनुसार घटनामा संलग्न सबै तीन अभियुक्त पक्राउ परिसकेका छन् र विस्तृत अनुसन्धान भइरहेको छ।

images
प्रकाशित मिति :आषाढ ७, २०८२ शनिवार - २२:०५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology