Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गण्डकी गाउँपालिकाको १८ औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम र बजेट संशोधन पारित

गण्डकी गाउँपालिकाको १८ औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम र बजेट संशोधन पारित

images

इच्छाकामना न्युज

७, आषाढ २०८२
गण्डकी गाउँपालिकाको १८ औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम र बजेट संशोधन पारित
images

गोरखा, असार ७ । गोरखा जिल्लाको गण्डकी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन सुरु भएको छ। अधिवेशनको प्रारम्भमा गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना 'सकार'ले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो, जसलाई छलफलपछि गाउँसभाले पारित गरेको छ।

सो अवसरमा चालु आर्थिक वर्षको बजेट संशोधन विधेयकसमेत सर्वसम्मतिले अनुमोदन गरिएको गाउँपालिकाले जनाएको छ। नीति तथा कार्यक्रममाथि गाउँसभा सदस्यहरूले विभिन्न धारणा तथा सुझाव राखेका थिए। छलफलपछि अध्यक्ष सकारले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।

प्रस्तावित नीति तथा कार्यक्रममा पालिकाबाट रु. ५ लाख र वडाबाट रु. १ लाखभन्दा माथिका मात्र योजनाहरू सञ्चालन गर्ने व्यवस्था गरिएको छ। युवाहरुलाई उद्यमशीलता र आत्मनिर्भरता तर्फ अभिप्रेरित गर्दै वैदेशिक रोजगारीको विकल्प सिर्जना गर्ने नीति समेत समावेश गरिएको छ।

यस्तै, पर्यटन प्रवर्द्धनका लागि त्रिशूली जनलयात्रादेखि 'भिजिट भैरवी' र 'भिजिट महादेवडाँडा' अभियान सञ्चालन गरिनेछ। सहकारी तथा पालिकाबीच साझेदारीमा उत्पादन र बजारीकरण प्रवर्द्धन गर्ने, ‘एक सहकारी, एक व्यवसायिक उत्पादन’ अवधारणा लागू गर्ने तथा कृषि यान्त्रीकरण कार्यक्रम अगाडि बढाइने नीति रहेको छ।

शिक्षा क्षेत्रमा ‘एक वडा, एक माध्यमिक विद्यालय’ कार्यक्रम सञ्चालन गरिने छ भने शिक्षकलाई सूचना प्रविधिसँग अभ्यस्त बनाउँदै अद्यावधिक तालिम प्रदान गरिने योजना नीति दस्तावेजमा उल्लेख छ।

अध्यक्ष तिमिल्सिनाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन नै गण्डकी गाउँपालिकाको समृद्ध भविष्यको आधार हुने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिकाले आगामी गाउँसभा बैठक असार ९ गते बस्ने जानकारी गराएको छ।

images
प्रकाशित मिति :आषाढ ७, २०८२ शनिवार - ०८:१२:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology