Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामना गाउँपालिका पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा

इच्छाकामना गाउँपालिका पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा

images

इच्छाकामना न्युज

१, आषाढ २०८२
इच्छाकामना गाउँपालिका पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । आइतबार गाउँपालिका कार्यालयको सभाहल कुरिनटारमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला खोप समन्वय समिति चितवनका संयोजक नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्नुभएको हो ।

गाउँपालिकाभित्र रहेका पाँचबर्ष मुनिका सम्पूर्ण बालबालिकाले पूर्णखोप लगाएको पाएपछि गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको हो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाका अनुसार सर्वेक्षणको क्रममा गाउँपालिका भित्र रहेका पाँच बर्ष मुनिका एक हजार सात सय ८८ बालबालिकाहरुले खोप लगाइएको पाएको थियो ।

पालिकाभित्र रहेका १६ देखि २३ महिना सम्मका २८२ र २४महिना देखि ५९ महिना सम्मका एक हजार ५७ जना बालबालिकाले पूर्ण खोप पाएका हुन् । सर्वेक्षणको क्रममा १४ जना बालबालिकाको खोप छुटेको पाइएकोमा ती बालबालिकालाई आवश्यक खोप लगाएर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्षदानबहादुर गरुङले सबैको साथ र सहयोगले गाउँपालिकालाई पूर्णखोपयुक्तपालिका घोषणा गर्न सफलभएको बताउनुभयो ।

उहाँले स्वास्थ्यकर्मी स्वयंसेविकालाई धन्यवाद दिनुभयो । घोषणापछि पुनःयसलाई कायम राख्नकालागि सबैको सक्रियता आवश्यक पर्ने भएकाले सोही अनुसारको भूमिकाको अपेक्षा गरेको बताउनुभयो ।गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरि गाउँपालिकाको नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो ।

साथै गाउँपालिकाले सञ्चालन गरेको इच्छाकामना आधारभूत अस्पतालले इच्छाकामना मात्रनभई गोरखाको गण्डकी, सहिदलखन गाउँपालिका र धादिङको बेनिघाट रोराङका जनतालाई समेत सेवा प्रदान गरिरहेको बताउनुभयो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्न सफलभएकोमा बधाइदिदैँ यसलाई पुन ः कायम राख्न सबैको भूमिका आवश्यक रहनेमा जोड दिनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले प्रत्येक वडालाई पूर्णखोपयुक्त वडाको प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख तथा खोप समन्वय समिति चितवनका सदस्य सचिव दिनेश रुपाखेतीले गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ,उपाध्यक्ष माया सिलवाल स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणाको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत,जनस्वास्थ्य कार्यालय चितवनका पूर्णखोप सुनिश्चितता कार्यक्रमका फोकल पर्सन राम केसी, तथ्याङ्कअधिकृत इन्द्रमणि भण्डारी, वडाध्यक्षहरु, स्वास्थ्य संस्थाका प्रमसखहरु, स्वास्थ्यकर्मी, स्वयंसेवीका, टोल सुधार समितिका प्रतिनिधि, इच्छाकामना आधारभूत अस्पताल कुरिनटारका व्यवस्थापन समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :आषाढ १, २०८२ आइतवार - २२:४८:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology