Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

राष्ट्रिय मावि हात्तीवाङ्गका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण

राष्ट्रिय मावि हात्तीवाङ्गका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण

images

इच्छाकामना न्युज

२६, जेठ २०८२
राष्ट्रिय मावि हात्तीवाङ्गका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण
images

इच्छाकामना, २६ जेष्ठ । राष्ट्रिय माध्यमिक विद्यालय इच्छाकामना-१, हात्तीवाङ्गमा आज लायन्स क्लव अफ नारायणगढ चित्रवन र क्षय रोग निवारण केन्द्र चितवनको संयुक्त आयोजनामा विद्यार्थीहरूका लागि विशेष कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई क्षय रोग सम्बन्धी जानकारी दिइएको थियो जसले विद्यार्थीहरूलाई यस रोगका कारण, बच्ने उपाय र स्वास्थ्य सचेतनाका विषयमा जागरूक बनाएको थियो।

साथै, विद्यार्थीहरूलाई पढाइमा सहयोग पुर्‍याउन स्टेशनरी सामग्रीहरू वितरण गरियो। लायन्स क्लव अफ नारायणगढ चित्रवनका प्रतिनिधिले सो कार्यक्रमले शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउने आशा व्यक्त गर्दै स्थानीय समुदायमा यस्ता कार्यक्रम निरन्तर गरिने बताए। क्षय रोग निवारण केन्द्रका पदाधिकारीहरूले पनि समयमै रोग पहिचान र उपचारमा जनचेतना बढाउनु आवश्यक रहेको बताए।

विद्यालय व्यवस्थापन र शिक्षकहरूले यस पहलको स्वागत गर्दै विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता कार्यक्रमले ठूलो योगदान पुर्‍याउने बताए।

images
प्रकाशित मिति :जेठ २६, २०८२ सोमवार - २२:१३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology