गाेरखा । पाेखराकाे बेगनास तालमा पाैडी खेल्ने क्रममा गाेरखा मनकामनाका १ जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता पुरुषकाे खाेजी कार्य जारी रहेकाे सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरिक्षाक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
जेठ २५ गते आइतबार साँझ पाैडी खेल्ने क्रममा शहिदलखन गाउँपालिका-३ मनकामनाका ४३ बर्षिय राजेश श्रेष्ठ बेपत्ता भएका थिए । पाेखरा महानगरपालिका-३१ माँझी कुना स्थित बेगनास तालमा पाैडी खेल्ने क्रममा श्रेष्ठ हिजाे आइतबार साँझदेखी बेपत्ता भएका थिए ।
श्रेष्ठकाे खाेजीमा सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन गरिएकाे सह-प्रबक्ता थापाले बताए ।
श्रेष्ठ हिजाे फेला नपरेपछी आज बिहानैदेखी खाेजी सुरु गरिएकाे छ । आज पनि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर परिचालन गरिएकाे उनले बताए ।