Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

रास्वपा इच्छाकामनाको सभापतिमा जित बहादुर थापा चयन

रास्वपा इच्छाकामनाको सभापतिमा जित बहादुर थापा चयन

images

इच्छाकामना न्युज

२५, जेठ २०८२
रास्वपा इच्छाकामनाको सभापतिमा जित बहादुर थापा चयन
images

इच्छाकामना, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इच्छाकामनाको प्रथम पालिका अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट जित बहादुर थापाको सभापतित्वमा ११ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रूपमा चयन गरिएको हो।

इच्छाकामना गाउँपालिका–४, लेवाटारस्थित एकीकृत सामुदायिक भवनमा आयोजित उद्घाटन सत्रमा रास्वपाका केन्द्रिय कार्यवाहक सभापति तथा सांसद डिपि अर्याल, चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा केन्द्रिय सदस्य हरि ढकाल, केन्द्रिय सदस्य राजन गौतम, चितवन जिल्ला सभापति कृष्ण भुसाललगायतको विशेष उपस्थिति रहेको थियो।

उद्घाटन सत्रमा मन्तव्य राख्दै कार्यवाहक सभापति डिपि अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको विश्वास र आकर्षण बढ्दै गएको उल्लेख गर्दै, यही कारणले सरकारका सञ्चालकहरूले पार्टी सभापति रवि लामिछानेलाई राजनैतिक प्रतिशोधस्वरूप थुनेको दाबी गरे। उनले इच्छाकामनामा देखिएको उत्साहजनक सहभागीता हेर्दा २०८४ सालको निर्वाचनमा रास्वपा एकल बहुमत ल्याउन सक्ने विश्वाससमेत व्यक्त गरे।

१६७ जना विभिन्न दल परित्याग गरी रास्वपामा प्रवेश अधिवेशनकै अवसरमा इच्छाकामनासहित विभिन्न पालिकाबाट १६७ जना विभिन्न पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका छन्। कार्यवाहक सभापति अर्यालले पार्टीमा प्रवेश गर्ने सबैलाई रास्वपाको ब्याज लगाएर औपचारिक रूपमा स्वागत गरेका थिए। ¥याली सहितको उद्घाटन कुरिनटारस्थित पार्टी कार्यालयबाट सयौंको संख्यामा कार्यकर्ताहरूको ¥याली लेवाटारसम्म पुगेपछि अधिवेशनको उद्घाटन सत्र सुरु गरिएको थियो।

उत्साहपूर्ण सहभागिता र सशक्त उपस्थितिले कार्यक्रमलाई ऐतिहासिक बनाएको सहभागिहरूको भनाइ छ। नयाँ निर्वाचित कमिटी सभापतिः जित बहादुर थापा उप–सभापतिः आश्विन लम्साल सचिवः प्रकाश सिलवाल सह–सचिवः रणबहादुर बुढाथोकी कोषाध्यक्षः चमेली आले सदस्यहरूः कृष्णमाया थापा, चमेली आले राना, सिताराम परियार, रेशम सिलवाल, पुरुषोत्तम पोखरेल, किसान गुरुङ, संजिव बुढाथोकी सल्लाहकारः रामचन्द्र पुरी, चन्द्रबहादुर गुरुङ जिल्ला प्रतिनिधिः रामचन्द्र सिलवाल, पुजा डल्लाकोटी प्रदेश प्रतिनिधिः राजेन्द्र लामा महाधिवेशन प्रतिनिधिः मोद प्रसाद त्रिपाठी नवगठित कमिटीले इच्छाकामना गाउँपालिकामा रास्वपाको सांगठनिक बल अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

अधिवेशनकै अवसरमा इच्छाकामनासहित विभिन्न पालिकाबाट १६७ जना विभिन्न दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। कार्यवाहक सभापति अर्यालले पार्टीमा प्रवेश गर्ने सबैलाई रास्वपाको ब्याज लगाएर औपचारिक स्वागत गरेका थिए। उत्साहजनक ¥यालीसहितको उद्घाटन अधिवेशनको उद्घाटन सत्र सुरू हुनु अघि कुरिनटारस्थित पार्टी कार्यालयबाट सयौं कार्यकर्ताहरूको सहभागितामा ¥याली निकालिएको थियो। लेवाटारसम्म पुगेको उक्त ¥यालीले वातावरणमा उत्साह थपेको सहभागीहरूको भनाइ छ।

नवगठित कमिटीको सूचीः सभापतिः जित बहादुर थापा उप–सभापतिः आश्विन लम्साल सचिवः प्रकाश सिलवाल सह–सचिवः रणबहादुर बुढाथोकी कोषाध्यक्ष चमेली आले सदस्यहरूः कृष्णमाया थापा, चमेली आले राना, सिताराम परियार, रेशम सिलवाल, पुरुषोत्तम पोखरेल, किसान गुरुङ, संजिव बुढाथोकी सल्लाहकारः रामचन्द्र पुरी, चन्द्रबहादुर गुरुङ जिल्ला प्रतिनिधिः रामचन्द्र सिलवाल, पुजा डल्लाकोटी प्रदेश प्रतिनिधिः राजेन्द्र लामा महाधिवेशन प्रतिनिधिः मोद प्रसाद त्रिपाठी नवगठित कमिटीले इच्छाकामना गाउँपालिकामा रास्वपाको सांगठनिक सञ्जाल विस्तार गर्दै थप प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

पार्टी कार्यकर्ताहरूले अधिवेशनलाई ऐतिहासिक र ऊर्जा दिने कार्यक्रमको रूपमा लिएको प्रतिक्रिया दिएका छन्।

images
प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - १०:२४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology