Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामनामा ८ दिने इम्प्लान्ट तालिम सम्पन्न

इच्छाकामनामा ८ दिने इम्प्लान्ट तालिम सम्पन्न

images

इच्छाकामना न्युज

२४, जेठ २०८२
इच्छाकामनामा ८ दिने इम्प्लान्ट तालिम सम्पन्न
images

इच्छाकामना । इच्छाकामना गाउँपालिकाको आयोजना र प्रदेश तालिम केन्द्र काठमाडौंको समन्वयमा नेपाल परिवार नियोजन संघ, चितवनमा सञ्चालन गरिएको ८ दिने इम्प्लान्ट तालिम शुक्रबार सम्पन्न भएको छ।

तालिमको उद्देश्य स्वास्थ्यकर्मीहरूलाई दीर्घकालीन परिवार नियोजन सेवामा विशेषगरी इम्प्लान्ट प्रविधिमा दक्ष बनाउने रहेको थियो। तालिममा सहभागिहरूलाई सैद्धान्तिक ज्ञानसंगै प्रयोगात्मक प्रशिक्षणसमेत प्रदान गरिएको थियो।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुँदै, स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि यस्ता तालिमहरू आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

अध्यक्ष गुरुङले तालिम सफल बनाउन भूमिका खेलेका प्रशिक्षक, आयोजक संस्था र सहभागीहरूलाई धन्यवादसमेत दिनुभयो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख, तालिम प्रशिक्षकहरू, सहभागी स्वास्थ्यकर्मीहरू तथा अन्य स्थानीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :जेठ २४, २०८२ शनिवार - २०:५१:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology