Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

लायन्स क्लबद्वारा मनकामना माविमा ३ थान सेतो बोर्ड प्रदान

लायन्स क्लबद्वारा मनकामना माविमा ३ थान सेतो बोर्ड प्रदान

images

इच्छाकामना न्युज

२२, जेठ २०८२
लायन्स क्लबद्वारा मनकामना माविमा ३ थान सेतो बोर्ड प्रदान
images

गोरखा, २२ जेष्ठ । शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको अध्ययनमा सहजता ल्याउने उद्देश्यले लायन्स क्लब अफ आँबुखैरेनी अकलाले शहिद लखन गाउँपालिका–३ स्थित मनकामना माध्यमिक विद्यालयलाई ३ थान सेतो बोर्ड (White Board) प्रदान गरेको छ।

उक्त सेतो बोर्डहरू विद्यालयको कक्षा कोठामा राखी विद्यार्थीहरूको अध्यापन प्रक्रियालाई सहज र प्रभावकारी बनाउन सहयोग पुर्‍याउने विद्यालय प्रशासनले जनाएको छ । लायन्स क्लबले यस किसिमको सहयोगले ग्रामिण क्षेत्रका विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

सेतो बोर्ड हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा लायन्स क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापकले क्लब प्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

लायन्स क्लब अफ आँबुखैरेनी अकलाले आगामी दिनमा पनि यस्तै सामाजिक तथा शैक्षिक कार्यहरूमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

images
प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - १६:३८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology