Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

स्थानीयको पहलमा चिसोखोला सती ढुङ्गा शवदाह स्थल पुनर्निर्माण

स्थानीयको पहलमा चिसोखोला सती ढुङ्गा शवदाह स्थल पुनर्निर्माण

images

इच्छाकामना न्युज

२२, जेठ २०८२
स्थानीयको पहलमा चिसोखोला सती ढुङ्गा शवदाह स्थल पुनर्निर्माण
images

आँबुखैरेनी, २२ जेष्ठ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित खानी खोलाका स्थानीय बासिन्दाले चिसोखोला सती ढुङ्गा शवदाह स्थलको पुनर्निर्माण कार्य आफ्नै पहलमा सुरु गरेका छन्।

विगतमा निर्मित शवदाह स्थल जिर्ण अवस्थामा पुगेपछि पटक–पटक वडा कार्यालय तथा गाउँपालिकामा निवेदन दिँदा पनि सुनुवाइ नभएपछि स्थानीयवासीहरू आक्रोशित हुँदै स्वयम्‌ लगानीमा पुनर्निर्माण कार्य थालेका हुन्। स्थानीय रामबहादुर वलीका अनुसार, “धेरै पटक वडा र पालिकामा गएका थियौँ, तर वास्ता नै गरिएन।

अन्ततः हामी आफैँ जुटेर काम थाल्नुपर्‍यो।” यसअघि तत्कालीन वडाध्यक्ष कट्क बहादुर थापाले सो घाटको निर्माणका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए। तर समयमै मर्मत तथा सुधार नहुँदा घाट प्रयोगविहीनजस्तै बनेको थियो।

हाल स्थानीयवासीहरू मिलेर श्रमदान तथा आर्थिक योगदान मार्फत पुनर्निर्माण कार्यलाई तीव्रता दिएको वलीले जानकारी दिए। उक्त घाट क्षेत्र आसपासका बासिन्दाहरूको प्रमुख अन्त्येष्टि स्थल भएकोले यसको पुनर्निर्माणले समुदायलाई सहजता मिल्ने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - १५:१५:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology