Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाट गाउँपालिकाका अध्यक्ष थापाद्वारा विकास निर्माणका ४ योजनाको अनुगमन

देवघाट गाउँपालिकाका अध्यक्ष थापाद्वारा विकास निर्माणका ४ योजनाको अनुगमन

images

इच्छाकामना न्युज

२२, जेठ २०८२
देवघाट गाउँपालिकाका अध्यक्ष थापाद्वारा विकास निर्माणका ४ योजनाको अनुगमन
images
देवघाट । देवघाट गाउँपालिकाले वडा नं.२ मा निर्माणाधीन योजनाको अनुगमन गरेको छ । बुधबार गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगर, वडा नं.२ का अध्यक्ष मीनबहादुर रानामगर, गाउँपालिकाका प्राविधिक अशोक पराजुलीलगायतको टोलीले वडा नं.२ मा भइरहेको विकास निर्माणको कामको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा दरौँखोला बाँध निर्माणको काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए । चालू आर्थिक वर्षको १० लाख रुपैयाँ र उपभोक्ताको २० प्रतिशत सहभागीतामा उक्त बाँध निर्माण सम्पन्न भएको उनले बताए ।
यसबाहेक पाँच लाख रूपैया लागतमा निर्माणाधीन अवस्थामा रहेको चिम्नी खोला बाँध, छ लाख ४० हजार रूपैयाँ लागतमा निर्माणाधीन जरमखोला लामो कुलो मर्मतसँगै ढकनसहितको पहिरो नियन्त्रण र पर्खालको काम भने अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक वर्षभित्र सकिने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - ०९:५५:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology