Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

उपरदाङगढीमा नेपाली सेनाद्वारा निर्मित ढुङ्गेधारा उद्घाटन तथा हस्तान्तरण

उपरदाङगढीमा नेपाली सेनाद्वारा निर्मित ढुङ्गेधारा उद्घाटन तथा हस्तान्तरण

images

इच्छाकामना न्युज

२२, जेठ २०८२
उपरदाङगढीमा नेपाली सेनाद्वारा निर्मित ढुङ्गेधारा उद्घाटन तथा हस्तान्तरण
images

इच्छाकामना, जेठ २२ । इच्छाकामना गाउँपालिका–७, उपरदाङगढीमा नेपाली सेनाको श्री नयाँ सवुज गण, भरतपुर चितवनद्वारा निर्माण गरिएको ढुङ्गेधारा एक कार्यक्रमका बीच उद्घाटन तथा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रम इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पृतनापति, मध्य पृतनाका उप–पृतनापति हरेन्द्र पाठकलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

ढुङ्गेधारा उद्घाटन समारोहमा बोल्दै वक्ताहरूले नेपाली सेनाले स्थानीय विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता परियोजनाहरूले समुदायमा प्रत्यक्ष लाभ पुर्‍याउने धारणा राखे।

उक्त ढुङ्गेधारा अब इच्छाकामना गाउँपालिकाको स्वामित्वमा रहनेछ। स्थानीयवासीहरूले यसबाट स्वच्छ खानेपानी सेवा पाउने आशा गरिएको छ।

images
प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - ०९:३७:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology