Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

कुरिनटारमा सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट ९४ जना जवान दीक्षित

कुरिनटारमा सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट ९४ जना जवान दीक्षित

images

इच्छाकामना न्युज

२२, जेठ २०८२
कुरिनटारमा सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट ९४ जना जवान दीक्षित
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका- ४, कुरिनटारमा अवस्थित सशस्त्र प्रहरी,नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित ‘सशस्त्र प्रहरी जवान आधारभूत तालिम’बाट ९४ जना जवानहरु दिक्षित भएका छन्  ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलको उपस्थितिमा बुधबार दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको हो ।सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले शुभकामना मन्तव्य राख्नुहुँदै देशका सम्पूर्ण नागरिकहरु हाम्रा आफ्ना परिवारका सदस्यहरु हुन् भन्ने भवानाका साथ सेवा र सुरक्षामा तन मन वचन र कर्मले जस्तो सुकै जटिल परिस्थितिमा पनि कर्तव्यनिष्ट रही आफ्नो कर्तव्य पथमा अविचलित रुपमा लाग्नुहुनेछ  भनी विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देखा परेका अनेक सुरक्षाका चुनौतीहरु तथा भविस्यमा आइपर्न सक्ने जुनुसकै खालका चुनौतीहरुसँग मुकाविला गर्न प्रचलित ऐन नियमहरुको परिधिमा रहि देश र जनताभन्दा ठूलो कोही छैन भन्ने भावलाई समपिर्त गराउन निर्देशन दिनुभयो ।  
 साथै उहाँले  इच्छाकामना गाउँपालिकाका पूर्व जनप्रतिनिधि र हालका जनप्रतिनिधिहरुलाई धन्यावाद दिनुभयो । गाउँपालिकाको सहयोगले यस शिक्षालयमा पहिलो पटक सैन्य आधारभूत तालिम पास आउट परेड आयोजना गर्न सफल भएको बताउनभयो । यहाँ निर्माण भएका सबै भौतिक संरचनाहरु भविष्यमा स्थानीय सरकारकै हुने र विपद्मा स्थानीय सरकारले उपयोग गर्न पाउने भएकाले यस शिक्षालय कम्पाउण्डभित्र रहेका संरचनाहरुलाई अझ सुधार गर्न इच्छाकामना गाउँपालिकाले थप सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

IMG_59431749047114.JPG 
कार्र्यक्रममा शिक्षालयका  समादेशक  सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक भरत खनियाँले एक बर्ष भन्दा बढीको लामो र कठोर तालिम पश्चात शारिरिक र मानसिक रुपमा परिपक्क भई राष्ट्रको सेवा गर्न सवल र सक्षम भएको बताउनुभयो ।  त्याग र वलिदानको इतिहास भएको यस गौरवमय संगठनमा सेवा गर्न आफ्ना सन्ततिलाई उत्प्रेरित गर्नुभएकोमा अभिभावकहरुलाई धन्यवाद दिनुभयो ।

विभिन्न क्षेत्र,परिवेशबाट विभिन्न छनौटका चरणहरु पार गरि काँचो माटोको रुपमा  सेवा प्रवेश गरेका  प्रशिक्षार्थीहरुलाई जिम्मेवार, कर्तव्यनिष्ट जवानको रुपमा रुपान्तरण गराउन जिम्मेवारीका साथै चुनौतीपूर्ण रहेको पनि बताउनुभयो। विभिन्न चुनौतिका साथै सिमितताकाबिच पनि यस तालिमलाई  व्यवस्थित र गुणस्तरीय ढङ्गले सञ्चालन गर्न कडा मेहनत,आत्मविश्वास, ढृढ संकल्पका साथ अहोरात्र खटिनुभएका तालिम प्रमुख प्रशिक्षक तथा सम्पूर्ण प्रशिक्षकहरुलाई  धन्यवाद दिनुभयो । 
उहाँका अनुसार ‘सि.स. २३७(ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिम’ वि.स.२०८१ साल जेठ ७ गतेदेखि  २०८२ जेठ २१ गते  आज बुधबार सम्म सञ्चालन भएको हो । यस शिक्षालयमा पहिलो पटक सशस्त्र प्रहरी जवान आधारभूत तालिम आयोजना गरिएको हो । 
कार्यक्रममा अभिभावक,विभिन्न सुरक्षा निकायका प्रतिनिधि,गाउँपालिका उपाध्यक्ष माया सिलवाल, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहनुभएको थियो । 

images
प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - ०९:३०:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology