Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

चितवनका ७ पालिकालाई पाँच अर्ब एक करोड अनुदान, इच्छाकामनाले पायोे ४६ करोड ६३ लाख

चितवनका ७ पालिकालाई पाँच अर्ब एक करोड अनुदान, इच्छाकामनाले पायोे ४६ करोड ६३ लाख

images

इच्छाकामना न्युज

१९, जेठ २०८२
चितवनका ७ पालिकालाई  पाँच अर्ब एक करोड अनुदान, इच्छाकामनाले पायोे ४६ करोड ६३ लाख
images

चितवन, १९ जेठ । संघीय सरकारले आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि चितवनका ७ वटा स्थानीय तहलाई पाँच अर्ब एक करोड १८ लाख रुपैयाँ अनुदान दिएको छ ।

अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश र स्थानीय सरकारलाई दिने अनुदान रकम बाँडफाड गरेको हो । जस अनुसार चितवनका स्थानीय तहले पाँच अर्ब एक करोड ,१८ लाख बजेट पाएका छन् । जस मध्ये चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले ४६ करोड ६३ लाख रुपैयाँ अनुदान पाएको छ ।

इच्छाकामनाले समानीकरण अनुदानतर्फ १० करोड १८ लाख, सशर्त अनुदानतर्फ ३४ करोड ९७ लाख, विशेष अनुदानतर्फ ६८ र समपुरक अनुदानतर्फ ८० लाख रुपैयाँ अनुदान पाएको छ सबैभन्दा धेरै भरतपुर महानगरपालिकाले दुई अर्ब ३६ लाख अनुदान पाएको छ । समानीकरण, सशर्त, विशेष र समपुरक गरी दुई अर्ब ३६ लाख रुपैयाँ अनुदान पाएको हो ।

समानीकरण अनुदानतर्फ ४० करोड ८३ लाख, सशर्त अनुदानतर्फ एक अर्ब ५७ करोड ४५ लाख, विशेष अनुदानतर्फ एक करोड ४३ लाख र समपुरक अनुदानतर्फ ६५ लाख रुपैयाँ अनुदान पाएको हो । रत्ननगर नगरपालिकाले कुल ५८ करोड ८२ लाख रुपैयाँ अनुदान पाएको छ । समानीकरण अनुदानतर्फ १७ करोड ८९ लाख, सशर्त अनुदानतर्फ ३९ करोड ७० लाख, विशेष अनुदानतर्फ ६८ लाख र समपुरक अनुदानतर्फ ५५ लाख रुपैयाँ अनुदान पाएको हो । पूवी चिवनको राप्ती नगरपालिकाले ५४ करोड अनुदान पाएको छ ।

राप्तीले समानीकरण अनुदानतर्फ १६ करोड ५० लाख, सशर्त अनुदानतर्फ ३४ करोड ७८ लाख, विशेष अनुदानतर्फ दुई करोड १५ लाख र समपुरक अनुदानतर्फ ८७ लाख रुपैयाँ अनुदान पाएको हो । पूर्वीचितवनकै खैरहनी नगरपालिकाले ५० करोड ३२ लाख अनुदान पाएको छ। खैरहनीले समानीकरण अनुदानतर्फ १५ करोड ५४ लाख, सशर्त अनुदानतर्फ २६ करोड ४४ लाख, विशेष अनुदानतर्फ पाँच करोड १० लाख र समपुरक अनुदानतर्फ ३ करोड २४ लाख रुपैयाँ अनुदान पाएको हो ।

त्यस्तै माडी नगरपालिकाले ४७ करोड ७४ लाख रुपैयाँ अनुदान पाएको छ । माडीले समानीकरण अनुदानतर्फ १२ करोड ८३ लाख, सशर्त अनुदानतर्फ ३२ करोड ११ लाख, विशेष अनुदानतर्फ एक करोड ९० लाख र समपुरक अनुदानतर्फ ९० लाख रुपैयाँ अनुदान पाएको हो ।

कालिका नगरपालिकाले ४३ करोड एक लाख रुपैयाँ अनुदान पाएको छ । कालिकाले समानीकरण अनुदानतर्फ १३ करोड ८५ लाख, सशर्त अनुदानतर्फ २५ करोड ५८ लाख, विशेष अनुदानतर्फ दुई करोड ८५ लाख र समपुरक अनुदानतर्फ ७३ लाख रुपैयाँ अनुदान पाएको हो ।

images
प्रकाशित मिति :जेठ १९, २०८२ सोमवार - २१:३६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology