Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मुग्लिङमा ५ दिने धुप बनाउने तालिम सम्पन्न

मुग्लिङमा ५ दिने धुप बनाउने तालिम सम्पन्न

images

इच्छाकामना न्युज

१९, जेठ २०८२
मुग्लिङमा ५ दिने धुप बनाउने तालिम सम्पन्न
images

इच्छाकामना, १९ जेठ । कर्तव्यनिष्ठ महीला समाज इच्छाकामनाको प्राविधिक सहयोग र इच्छाकामना गाउँपालिकाको आयोजनामा ५ दिने धुप बनाउने तालिमको समापन भएको छ।

कार्यक्रमको समापनमा प्रमुख अतिथीका रूपमा ईच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल, विशिष्ट अतिथीका रूपमा इच्छाकामना गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्राकान्त बस्नेत र संस्थाका संस्थापक अध्यक्ष श्रृजना बसौला देवकोटा लगायत अन्य अतिथिहरु उपस्थित थिए।

कार्यक्रमको सभाध्यक्ष संस्थाका अध्यक्ष जुनु राजभण्डारीको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा कार्यालय ५ का सचिव शसी त्रिपाठी सिलवाल, विभिन्न टोलका प्रतिनिधिहरु र संस्थाका सबै पदाधिकारीहरू सहभागी थिए। स्थानीय महिलाहरूलाई साना व्यापारिक अवसरहरूको सिर्जना गर्न मद्दत गर्ने र वातावरणमैत्री धुप उत्पादन गराउने उदेश्यले तालिम संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

तालिममा सहभागी महिलाहरूले धुप बनाउनका लागि आवश्यक सामग्रीहरूको प्रयोग र प्रक्रिया बारे विस्तृत जानकारी प्राप्त गरे। समापन कार्यक्रममा, गाउँपालिका उपाध्यक्ष माया सिलवालले भनिन्, “यसरी तालिम आयोजना गरेर महिलाहरूलाई सशक्त बनाउनको लागि राम्रो कदम उठाइएको छ। यसले समग्र गाउँको आर्थिक र सामाजिक उन्नतिमा ठूलो योगदान पुर्याउने छ।”

संस्थाका अध्यक्ष जुनु राजभण्डारीले पनि धुप बनाउने कला र सीपहरूलाई व्यवसायिक रूपमा प्रयोग गर्नका लागि विभिन्न पहलहरू गर्ने योजना रहेको जानकारी दिए।

images
प्रकाशित मिति :जेठ १९, २०८२ सोमवार - २१:३३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology