देवघाट । तनहुँको देवघाट गाउँपालिका स्थित नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखाको ३१औं अधिवेशनबाट सभापति पदमा माधवप्रसाद उपाध्याय सर्वसहमत चयन भएको छ।
कार्यसमितिको उप-सभापति पदमा राधादेवी खनाल, सचीवमा जयकृष्ण सुवेदी, कोषाध्यक्षमा किरण सुवेदी, उप-सचीवमा रोशनदेव आचार्य, उप-कोषाध्यक्षमा सुर्यबहादुर राना, सदस्यहरुमा कमला पोख्रेल, अर्जुन अधिकारी,अनिल मिश्र, दिव्यदेव पौडेल, चुडामणि अधिकारी लगायत कार्यसमिति पदाधिकारीमा सर्वसहमत चयन भएको हो।