Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

१८ औं गणतन्त्र दिवस नेकपा एमाले इच्छाकामनाले मनायो

१८ औं गणतन्त्र दिवस नेकपा एमाले इच्छाकामनाले मनायो

images

इच्छाकामना न्युज

१६, जेठ २०८२
१८ औं गणतन्त्र दिवस नेकपा एमाले इच्छाकामनाले मनायो
images

इच्छाकामना, १५ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले इच्छाकामना गाउँ समिति द्वारा १८ औं गणतन्त्र दिवस धूमधामसँग मनाइएको छ।

कार्यक्रममा नेकपा एमाले इच्छाकामनाका अध्यक्ष प्रकाश अधिकारीले नेपालका संविधानको मर्म र गणतन्त्रको महत्वबारे प्रकाश पार्दै भने, "गणतन्त्र नेपालको समृद्धिको मार्ग हो। यसले नेपाली जनताको अधिकार र स्वतन्त्रता सुनिश्चित गरेको छ।

हामी सबैले लोकतान्त्रिक मूल्यमान्यताका साथ देशलाई अगाडि बढाउने जिम्मेवारी लिइ रहनुपर्छ।" कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पार्टी कार्यकर्तासहितका नेता र आम नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा गणतन्त्र दिवसको ऐतिहासिक महत्व र देशको समृद्धिका लागि हर सम्भव योगदान दिने प्रतिबद्धता पनि व्यक्त गरियो। अध्यक्ष प्रकाश अधिकारीले आगामी दिनहरूमा एमाले इच्छाकामना नगरको संगठनलाई अझ बलियो बनाउने र समाजको विकासमा सक्रिय भूमिका खेल्ने लक्ष्यमा रहेको बताउँदै सबै पार्टी सदस्यलाई एकताबद्ध भएर काम गर्न आह्वान गरे।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू र गणतन्त्र दिवसका प्रतीक चिह्नहरूको प्रदर्शन पनि गरिएको थियो।

images
प्रकाशित मिति :जेठ १६, २०८२ शुक्रवार - ०७:३५:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology