Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कांग्रेस र जसपासँग आफ्नो समूह मिलेर सरकार बन्दा भारतलाई कम्फर्टेबल हुने प्रचण्ड भनाई

कांग्रेस र जसपासँग आफ्नो समूह मिलेर सरकार बन्दा भारतलाई कम्फर्टेबल हुने प्रचण्ड भनाई

इच्छाकामना न्युज

१५, फाल्गुण २०७७
कांग्रेस र जसपासँग आफ्नो समूह मिलेर सरकार बन्दा भारतलाई कम्फर्टेबल हुने प्रचण्ड भनाई

काठमाडौं, १५ फागुन । विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दल, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर समीकरण बनाउँदा भारत र चीनका लागि ‘कम्फर्टेबल’ हुने बताएका छन् । प्राइम टेलिभिजनमा ऋषि धमलासँग अन्तर्वार्ता दिँदै प्रचण्डले भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व र विकास नहुने समेत बताए ।

images

दाहालले भने, ‘हामी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि यो भन्दा कम्फर्टेबल हुँदैन । चीनका लागि पनि यो कम्फर्टेबल नै हुन्छ । राम्रो सम्भावना अहिले छ । यो राम्रो सम्भावनामा जानुपर्‍यो भनेर मैले भनेको छु ।’ भारतसँग राम्रो सम्बन्ध नबनाइकन विकास र समृद्धि चुनौतिपूर्ण हुने उल्लेख गर्दै दाहालले भारतप्रति नकारात्मक सोच राखेर आफूले केही पनि नगरेको दाबी गरे । भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ र आपसी विश्वासको धरातल सिर्जना गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ ।

 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - १३:२०:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology