Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मनकामना केवलकारको शौचालयमा लडेर एक भारतीय भक्तजनको मृत्यु

मनकामना केवलकारको शौचालयमा लडेर एक भारतीय भक्तजनको मृत्यु

images

इच्छाकामना न्युज

११, जेठ २०८२
मनकामना केवलकारको शौचालयमा लडेर एक भारतीय भक्तजनको मृत्यु
images

इच्छाकामना । मनकामना केवलकारको शौचालयमा एकजनाको मृत्यु भएको छ।

आज बिहान करिब ८:३० बजेको समयमा मनकामना दर्शन गर्न आएका भारतको गुजरात पालनपुर बस्ने वर्ष ६२ को निरज भाइ भन्ने मन्नु प्रसाद भट्टको शौचालयमा आफै अनियन्त्रित भै लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

मनकामना केवलकारको शौचालय भित्र लडी अचेत अवस्थामा फेला पारी आफन्तहरूले उपचारको लागी इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा ल्याएकोमा निजको उपचारको क्रममा बिहान ९:४४ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका हुन्।

शव पोष्टमार्टमका लागी भरतपुर सरकारी अस्पताल पठाएको प्रहरीले बताएको छ।

images
प्रकाशित मिति :जेठ ११, २०८२ आइतवार - ११:४२:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology